दोस्रो पटक आमा बन्न लागेकी हुन् ऐश्वर्या राय ?

साउन १२ एजेन्सी___ बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन प्राय: चर्चामा रहन्छिन् । ऐश्वर्याले भर्खरै मात्र निर्देशक मणि रत्नमको फिल्म ‘पोन्निईन सेल्भन’ को छायांकन थालेकी छिन् ।त्यसका लागि उनी अहिले तमिलनाडुमा छिन् ।

यसैबीच ऐश्वर्याका केही तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । वास्तवमा, ऐश्वर्या आफ्नी छोरी आराध्या र श्रीमान् अभिषेक बच्चनका साथ आफ्नो को–स्टार सरथ कुमारको घर पुगेकी थिइन् । त्यही क्रममा केही तस्बिरहरु शरथ कुमारकी छोरी र अभिनेत्री वरलक्ष्मीले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

ती तस्बिरहरु देखेर दर्शकले ऐश्वर्या पुन: गर्भवती भएको अनुमान गरेका छन् । तस्बिरमा ऐश्वर्याको वजन बढेको छ भने उनको पेटको आकार पनि बढेको देखिएको छ ।उनले आफ्नो पेटलाई हातले छोपेकी छिन् । यद्यपि, ऐश्वर्या दोस्रो पटक गर्भवती भएको बारेमा परिवारको तर्फबाट कुनै किसिमको आधिकारिक जानकारी भने आएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्