१ करोड ५४ लाख बढिको क्षति

०९ जेठ उदयपुर । जेठ ५ गते सार्बजनिक जग्गा अतिक्रमण गरी बनाईएको घरटहर भत्काएको बिरोधमा आको्रसित स्थानियले कटारी नगरपालिकाको मेयर, उपमेयर, इन्जिनियर र वडा न ४ का वडा अधक्ष्यको घर तोडफोड गर्दा भण्डै १ करोड ५४ लाख बराबरको क्षति भएको छ ।

नगरपालिका र प्रहरीले गरेको सार्वजनिक बिवरण अनुसार मेयरको गाडी, मोटरसाईकल, डोजर, दमकल, नगरपालिकाको फर्निचर समेतमा क्षति पुगेको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । “उत्तेजित भिडले चार वटा घरमा ठुलो क्षति पुग्ने गरी तोडफोड गरे ।”उनले भने इलाका प्रशासन कार्यालय बसेको भबन र मदन भण्डारी राजमार्ग को साईड अफिसले प्रयोग गरेको घरमा समेत क्षति पुगेको उनले बताए । सार्बजानिक जग्गा अतिक्रमण गरी बनाईएको केहि घर नगरपालिकाले डोजर लगाएर भत्काएको थियो ।

प्रहरीले सार्वजानिक तथा व्यक्तिको सम्पति तोडेफोड गरेको आरोपमा सरोज सुनवार, चन्द्रबहादुर खत्री, गणेश थापा र सिमन तामाङ्ग चार जनालाई पक्राउ गरी मुद्दा चलाएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
उता स्थानीयले भने निषेधाज्ञाको समयमा मेयरको आदेशमा डोजर लगाएर घर भत्काएकाले प्रतिकार गरेको बताएकाछन् । उनीहरुले सहज परिस्थितिमा भत्काउनुको साटो सरकारले नै घरभित्र बस्न आदेश गरेको अवस्थामा घर भत्काइएको बताएकाछन् ।

यहाँ कमेन्ट गर्नुहोस्