कोरोना संक्रमण नेपालमा अब ओरालो लाग्ने प्रधानमन्त्रीको दाबी

०९ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोरोना संक्रमण ओरालो लाग्ने दाबी गरेका छन्। आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकट पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले ठूलो मात्रामा स्वास्थ्य सामग्री ल्याउँदा केही अभाव भएको बताए । तर, अब कुनै पनि स्वास्थ्य सामग्रीको अभाव नहुने प्रधानमन्त्री ओलीको दाबी छ। अक्सिजनको पनि अभाव नहुने उनको भनाइ छ।

नेपालले समयमै लकडाउन गरेका कारण कोरोनाले अघिल्लोपटक धेरै क्षति गर्ने नपाएकाे उनले बताए । तर, अब कोरोना देखिँदैन जस्तो गरी राजनीतिक, धार्मिक गतिविधि भएकाले कोरोना फेरि देखिएको उनको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्