०९ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन्। आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकटका पत्रकारहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले आउँदो कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको निर्वाचन हुने बताएका हुन् ।
उनले चुनाव हुँदैन भनेर नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ भ्रम फिँजाएको बताए । चुनाव भएपछि नेपाल र दाहालको बेहाल हुने पनि ओलीको टिप्पणी छ।
‘चुनाव हुँदैन भन्ने माधव-प्रचण्डको खेती हो। चुनाव भयो भने उनीहरुको बेहाल हुन्छ’, एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘माधव नेपालसँगको सम्बन्ध अब पास्ट टेन्स भयो।’
यहाँ कमेन्ट गर्नुहोस्