०१ साउन काठमाण्डौं । नव नियुक्त अर्थ मन्त्री जनार्दन शर्माले अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेत पत्र जारी गर्ने बताउनुभएको छ । शुक्रवार अर्थ मन्त्रालयमा पत्रकारहरूसँग भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेत पत्र जारी गर्ने बताउनुभएको हो ।
“अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेत पत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ ।” अर्थ मन्त्री शर्माले भन्नुभयो ।
अर्थमन्त्री शर्माले पुँजी बजारमा समस्या रहेको पनि बताउनुभयो । पुँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुने गरी नीति निर्माण गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुँजीबजार लगायतका समस्या छन् । त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्नेबारेमा पनि हामी नीति निर्माण गर्नेछौँ ।’
अर्थ मन्त्री शर्माले अध्यादेशमार्फत आएको आर्थिक वर्ष २०७८/०७९ को बजेट आउँदो संसद् बैठकमा पेस हुने र बजेट पास हुनेरनहुने त्यसपछि नै निर्क्यौल हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बजेटलगायतका विषय छन् । अध्यादेश छ । अध्यादेश सदनमा प्रस्तुत हुन्छ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकाररअस्वीकार, प्रतिस्थापन के हुन्छ भन्ने कुरा त्यहाँ गइसकेपछि तपाईँहरूलाई जानकारी हुने नै छ ।’