०१ साउन काठकाण्डौं । नेपालमा सर्वाधिक बिक्री हुने चाउचाउ ‘वाइवाइ’ ले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ। ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ एक सय ग्राम तौलको प्याकमा उपलब्ध छ। मूल्य भने ५० रुपैयाँ कायम गरिएको छ।
यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन्। यो नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिन्छ।
वाइवाइ चाउचाउलाई प्याकेट खोलेर उम्लिरहेको पानीमा हाल्ने, ५ मिनेटसम्म पाक्न दिने, त्यसपछि प्याकेटमा भएका मसला स्वादहरू मिसाएर राम्ररी चलाउने गरेपछि आफ्नो रुचि अनुसारका अन्य साग सब्जी र माछा मासु पनि मिसाउन सकिन्छ। वाइवाइ चाउचाउ हाल २७ फरक स्वादमा उपलब्ध छ। अन्य नयाँ स्वाद पनि थपिँदै जाने जनाइएकाे छ ।
यहाँ कमेन्ट गर्नुहोस्