‘द भ्वाइस अफ नेपाल-३’ मा दीप श्रेष्ठको पुनरागमन

असाढ़ २६ काठमाडौं___ वरिष्ठ गायक दीप श्रेष्ठ गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन-३’ को सेटमा फर्किनु भएको छ । स्वास्थ्य अवस्था कमजोर भएपछि गायक श्रेष्ठ केही समय आराममा बस्नु भएको थियो ।

‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रहनु भएका गायक श्रेष्ठ आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किनु भएको हो ।द भ्वाइस अफ नेपालका निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ पूर्ण रूपमा स्वस्थय भएर भएर सेटमा फर्किनु भएको जनाएका छन् ।

हिजो शुक्रवार रातिदेखि प्रारम्भ भएको भ्वाइसको लाइभ शोमा कोचको रुपमा गायक श्रेष्ठ सहभागि हुनु भएको छ ।आज शनिबारको कार्यक्रममा पनि गायक श्रेष्ठलाई नै कोचको रूपमा देख्न पाइने छ । हिजो र आजका श्रृंखलाको छायांकन तीन दिन अघि नै भएको हो ।

गायक श्रैष्ठले केही साताअघि कोरोना संक्रमित भएपछि अक्सिजन लेबल कम भएपछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । दुई साताको अस्पताल बसाइपछि उहाँ घर फर्किएर आराम गरिरहनु भएको थियो ।

दीप श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा गायक राजेशपायल राई उपस्थित हुनुभएको थियो । यसैबीच, शुक्रवारदेखि नै ‘द भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश गरेको छ।

जस अन्तर्गत उत्कृष्ट १२ जना प्रतिस्पर्धीले पालैपालो आफ्नो प्रस्तुति दिन थालेका छन् ।कोरोनाको उच्च जोखिम भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी लाइभ राउण्डका एपिसोडहरू दर्शक बिना नै छायांकन गरिएको कार्यक्रमको निर्माण पक्षले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्