त्रियुगा उद्योग बाणिज्यसंघ द्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बितरण

०७ जेठ उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघले अग्रपंतीमा कोरोना विरूद्ध लडिरहेका सुरक्षाकर्मीहरूलाइ स्वास्थ्य सामग्री वितरण गरेको छ । दोस्रो नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९) को संभावित जोखिमलाई न्यूनीकरण गर्न फ्रन्ट लाइनमा खटिने उदयपुरका सुरक्षाकर्मीलाई ११ हजार थान बढी माक्स तथा सेनिटाइजर बितरण गरेको नेपाल उद्योग बाणिज्य महासंघका कन्द्रिय सदस्य तथा त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतले जानकारी दिनु भयो । विपत र आपतमा त्रियुगा उद्योग बाणिज्य संघ सधै जनता र व्यापारीको साथमा रहने वहाँको भनाई रहेको छ ।

जिल्ला भित्र पर्ने अधिकांस प्रहरी कार्यलय तथा प्रहरी अस्थाई बिटमा पुगेर माक्स तथा सेनिटाइजर बितरण गरेको त्रियुगा उद्योग बाणिज्यसंघ ले जनाएको छ । कोरोना माहामरीबाट मृत्यु भएकाहरु प्रति श्रदान्जली अर्पण गर्दै सक्रमितहुनेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दै सरकारले कोरोना रोकथामका लागि जारी गरेको मापदण्ड पालना गर्न जिल्ला बासिलाइ त्रियुगा उद्योग बाणिज्य संघ आग्रह गर्दछ भन्दै अध्यक्ष भगतले बताए ।

गतबर्षका कोरोना माहामारीको समयमा गरीएको लकडाउनमा अध्यक्ष भगतको नेत्रित्वमा त्रियुगा बाणिज्य संघ उदयपुरले कोरोना नियन्त्रण र उद्दार तथा राहतमा करिव तेत्तिस लाख रूपैया भन्दा बढीको सहयोग गरेको थियो  । विपत र आपतमा त्रियुगा उद्योग बाणिज्य संघ सधै जनता र व्यापारीको साथमा रहने हुनाले यस्पाली पनि कोरोना नियन्त्रण र उद्दार तथा राहतमा सहयोग रहने अध्यक्ष भगतले बताउनु भयो ।

अन्य तस्बिरहरु

यहाँ कमेन्ट गर्नुहोस्