फेकोफन र बन कार्यालय उदयपुरले महामारी नियन्त्रण तथा राहतमा सहयोग गर्ने

०६ जेठ उदयपुर । दोस्रो चरणको कोरोना भाइरस कोभिड १९ को सक्रमण दिन प्रतिदिन बढ्दै गए पछि उदयपुरमा सामुदायिक वनहरूको समन्वयमा वन उपभोक्ता महासंघ र बन कार्यालय उदयपुरले महामारी नियन्त्रण, रोकथाम र उपचार तथा राहतमा सहयोग गर्ने भएका छन् । मंगलवार दुइ वटा डिभिजन बन कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामुदायिक बन उपभोक्ता महासंघ उदयपुरका पदाधिकारी सहितको सयुक्त बैठकले कोरोना भाइरसको सक्रमण दिन प्रतिदिन बढे सगै मृत्यु दर समेत बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै बिभिन्न निर्णय गर्दै रोकथाममा आफुहरुले सकेसम्मको सहयोग गर्ने निर्णय समेत गरेका छन ।

बैठकले सामुदायिक बन उपभोक्ता महासंघ उदयपुरले जिल्लामा रहेका सामुदायिक बनहरु संग समन्वय गरी अक्सिजन सिलिण्डर खरिद, नयाँ अक्सिजन प्लान्ट स्थापना , पिपिई सेट खरिद देखी स्वास्थ सामाग्रि खरिद गरी कोरोना माहामारीको समयमा फ्रन्टलाइनमा काम गर्नेहरुलाइ बितरण गर्न, कोष समेत स्थापना गर्ने निर्णय गरेको छ । महांसंघ, जिल्ला शाखा तथा उपभोक्ता समूह र वन कार्यालयका प्रतिनिधिसहितको उपस्थितिमा बसेको बैठकले कोभिड उपचारका लागि अत्यावश्यक सामान जोहो गर्न, नगद सहयोग गर्ने र त्यसका लागि जिल्लाका सवैले सहयोग गर्न सक्ने समेत निर्णय भएको छ । कोषमा जिल्लाका सबै सामुदायिक वन उपभोक्ता समितिरूलाई गरिबी न्युनिकरण तर्फको १० प्रतिशत रकम सहयोग गर्न अनुरोध गरिएको सामुदायिक बन उपभोक्ता माहासघ उदयपुरका अध्यक्ष कुशल बाबु बस्नेतले जानकारी दिनु भयो । अध्यक्ष बस्नेतले कोभिड सक्रमणबाट भएकाहरूको दाहसंस्कारका लागि आवश्यक काठ दाउरा जोहो गर्ने निर्णय पनि गरेको जानकारी दिनु भएको छ ।

मंगलवार बसेको सयुक्त बैठकले कोरोना माहामरीबाट मृत्यु भएकाहरु प्रति श्रदान्जली अर्पण गर्दै सक्रमितहुनेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दै सरकारले कोरोना रोकथामका लागि जारी गरेको मापदण्ड पालना गर्न जिल्ला बासिलाइ आग्रह समेत गरीएको डिभिजन बन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले जानकारी दिनु भएको छ ।

गतबर्षका कोरोना माहामारीको समयमा गरीएको लकडाउनमा सामुदायिक बन उपभोक्ता महासंघ उदयपुर र डिभिजन बन कार्यलयहरुले कोरोना नियन्त्रण र उद्दार तथा राहतमा करिव डेढ करोड रूपैया भन्दा बढीको सहयोग गरेको सामुदायिक बन उपभोक्ता महासंघल उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्