२१ असार उदयपुर। सामाजिक सुरक्षा कोषले असारभित्रै आवद्ध हुन दबाब दिएपछि उदयपुर गाईघाटमा भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सडकमा आन्दोलनमा उत्रेका छन् ।
आफूहरुको खाईपाई आएको सुविधा घट्ने गरी जबर्जस्ती कोषमा आवद्ध गराउन खोजेको भन्दै आज सोमवार उदयपुरमा भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कालो ब्यानर सहितको जुलुस लिनकालेर विरोध जनाएका हुन् ।
सिद्धार्थ बैंक गाईघाटका प्रबन्धक सुनिल पोखरेलले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जबर्जस्ती आवद्ध गर्न खोजिएकोले हामीले विरोध जनाएको बताउनु भयो । “हामी वास्तवमै अन्यायमा परेका छा” उनले भने ।
कोषले सूचना नै निकालेर असारभित्र आवद्ध हुन आग्रह गरेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आत्तिएका कुरा सिभिल बैंक गाईघाटका प्रबन्धक सँजय सिग्देलले बताए । सामाजिक सुरक्षा कोषले बोर्ड बैठकबाटनै निर्णय गरेर असारभित्र सहभागी हुन आग्रह गर्दै सूचना निकालि सकेको छ । यसले सरासर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई प्रत्यक्ष असर हुने उनले बताए ।
यता कोषका प्रवक्ता विवेक पन्थीका अनुसार कोषको बोर्ड बैठकले नै निर्णय गरेर असारभित्र सहभागी हुन आग्रह गर्दै सूचना निकालिएको हो । ‘देशको नियम कानुन त सबैले मान्नै पर्छ, नियम कानून अनुसार आउनुस् भनिएको हो’ उनले भने, ‘उहाँहरुले उठाएका धेरै कुराहरु सम्बोधन पनि भएका छन्, केही अस्पष्ट छन् भने पनि समाधान होलान् ।’ रोजगार दाताहरुप्रतिको अविश्वासका कारण पनि बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु सहभागी हुन नचाहेको उनको भनाइ छ । तर कर्मचारीले भने ऐन नै संशोधन गरेमात्रै जाने अडान लिएका छन् । अहिले विद्यमान व्यवस्थाले जानु कर्मचारीहरुका लागि घातक रहेको उनको भनाई रहेको छ ।
सिद्धार्थ बैंक गाईघाटका प्रबन्धक सुनिल पोखरेलले कोणसभालाई सम्बोधन गर्दै आफूहरुलाई जबर्जस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन खोजे कडा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने चेतावनी समेत दिएका छन् । ‘हामीहरु कोषमा जान नचाहेको हैन तर जानका लागि व्यवस्था सहज बनाउनु पर्छ मात्रै भनेको हो । “सामाजिक सुरक्षा भनेको छ, अनि सुरक्षा नै नहुने गरी कसरी जान सकिएला त ?” पोखरेलले बताए ।
धेरै बैंकका कर्मचारीहरु हाल कर्मचारी सञ्चय कोषमा आवद्ध छन् । उनीहरुले सामाजिक सुरक्षा कोषले कर्मचारी सञ्चय कोषले दिएको जति सुविधा नदिने पोखरेलले हामीलाई बताए । अहिले सञ्चय कोषबाटै कर्मचारीहरु सन्तुष्ट भएको भन्दै कम्तीमा त्यो बराबर सुविधा दिनुपर्ने बैंकका कर्मचारीको माग रहेको छ ।
‘हामीले कर्मचारी सञ्चय कोषमा योगदान रकम जम्मा गर्दै आएका छौं, कर्मचारीको मासिक तलबको १० प्रतिशतमा रोजगारदाता बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशत थप गरेर कोषमा जम्मा हुन्छ । जम्मा भएको रकमको ९० प्रतिशतसम्म सजिलै कर्जा लिन पाइन्छ’ उनले भने ।, ‘कुनै बैंकले आफ्नो छुट्टै कोष पनि बनाएका छन्, अर्को उपदान कोष छ ।’
हरेक वर्ष दुईदेखि तीन महीनासम्मको रकम उपदान कोषमा बैंकले जम्मा गर्ने गरेको छ । तर सामाजिक सुरक्षा कोषमा उपदानका लागि एक महीनाको मात्रै रकम जम्मा हुन्छ । आफूहरुले यही कारण सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नचाहेको बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुको भनाइ रहेको छ ।
बिरोध र्याली गाईघाटको विपि चौक (बैंक लाईन) बाट निकालिएको विरोध जुलुस पिपल चौकमा कोण सभा भई सम्पन्न भएको थियो ।