ए प्रकृति
ए सृष्टि कर्ता
हे इश्वर भगवान
कसरी लियौ
त्यो भर्खर फक्रदै गरेको शुन्दर फूलको ज्यान ?
कति क्रूर तिम्रो व्यवहार
कसरी त्यो स्निग्ध आकाशमाथि नै यस्तो प्रहार ?
भन न ए दयानिदान
खोइ कसरी गाऊँ म अब फेरि तिम्रो गुन गान ?
हे इश्वर तिमी सत्य हौ अरू सब मिथ्या
सब चिज नश्वर हे भगवान/ हे इश्वोर / हे भोला अकाल मै किन ?
छिन्यौ तिमिले मेरो भाईको चोला
हे प्रकृति हामी तिम्रै उपज
जीवन तिम्रै उपहार
तिमी आफैंले रचेको सृष्टि
आज कसरी धुमिल बन्यो तिम्रो दृष्टि
तिमी आफैले सुन्दर सृष्टि गर्यौ
हामी लाई अनमोल रत्न दिलायौ
अन्धकार चिर्न तेज सुर्य जन्मायौ
फुलबारीमा अमृत फुल फुलायौ
अनि फेरि किन उल्टा बाण चलायौ ?
आफ्नै सृष्टि भत्काएर किन चिता जलायौ ?
आफैंले बनाएको सुन्दर चित्र
कसरी सक्यौ बनाउन धुजाधुजा र विचित्र ?
प्यारो हाम्रो त्यो आँखाको नानी
यति शीघ्र कसरी बनाउन सक्यौ धुवाँको कालो मुस्लो र खरानी ??
निरन्तर बग्नु भनेर मुल फुटाएको त्यो जीवन नदी
क्षणमै खडेरि बनेर सुकायौ हाम्रो पृयजनलाई खोसेर लगेर
भन त तिमिले कहाँ लुकायौ ?
आफैले निर्माण गरेको मेहनतको पाहाडलाई
स्वयं पहिरो बनेर भत्काई दियौ
हजारौं हृदयका सपनाहरू सलाई कोरी सल्काई दियौ ।
एउटा सुन्दर परिवारलाई छिन्नभिन्न पार्यौ
जीवन दिंदा पूरा दिनु, आधा उमेर मै कसैको जीवन फिर्ता नलिनु ।
नदिनु यस्तो छोटो करार
ए प्रकृति भनिदेऊ न एक फेर किन यत्ति गहिरो पार्छौ जिन्दगीको दरार ???
जन्म पस्चातको मृत्यु साश्वत सत्य हो
तथापि पनि तिमिले आज स्तब्ध बनायौ
जुन परिवारमा चलायौ
बाँच्नेहरूमा लाठो आधा उमेरमै एउटा तामाको मुनालाई
देखाएर मृत्युको बाटो अनायाशै मेरो भाईलाई
किन क्रुर सिकन्जाले घेर्यौ
लालगेडी जस्तो आखामा हाल्दा पनि न बिझाउने
एउटा असल मान्छेलाई कसरी यम जालमा बेर्यौ??
ए भगवान भन न एक फेर कहाँ छ ?
तिमीलाई सम्झिने आधार
एकै घरमा लगातार किन ?
गरिरहेछौ प्रहार ।
यस्तो देख्दा सोध्न मन छ तिमी सङ्ग
निर्धाहरूमाथि किन गर्छौ यस्तो अत्याचार ??
छिनेर लगेउ एउटा हठ्ठा कट्टा नौ जवान
साच्चै तिम्रो न्याय गर्ने प्रणाली सङ्ग
बिमती जाहेर गर्न मन लागीरहेछ भगवान !!!
–भागवत राउत