असाढ़ १७ लालबन्दी__ मंगलवार राती वर्षासंगै आएको बाढिले सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फूलजोर खोलामा निर्माणकै चरणमा रहेको पुल भत्किाएको छ ।दुई हप्ताअघि मात्र ढलान सम्पन्न भएको पुल बाढीले भत्काएको हो ।
बाढीले पुलको उत्तरतर्फको ४० मिटर भागमा क्षति पुर्याएको निर्माण कम्पनी पप्पु शिव शंकर जेभीले जनाएको छ । बाढीले पुल भत्काउदा अन्दाजी २ करोड बराबरको क्षति भएको कम्पनीले जनाएको छ । भर्खरै निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाइ २ सय मिटर रहेको छ ।
पुल निर्माणमा प्रयोग भएका सेटिङका सामान तथा निर्माण सामग्री र उपकरणसमेत बाढीले बगाएको ठेकेदार कम्पनी पप्पु शिव शंकर जेभीका सञ्चालक मनोज साहले बताए । देशकै कुख्यात कम्पनी पप्पु कस्ट्रक्सन समेतको संलग्नता रहेकाले निर्माण सम्पन्न नहुदै पुल भत्किएको स्थानिएको बुझाई छ ।
ईश्वरपुर नगरपालिका–८, रामपुर र लालबन्दी नगरपालिका–३, जब्दी भैरपुर जोडने पक्कीपुल निर्माण सम्पन्न नहुदै भत्किए पछि यस क्षेत्रका स्थानीय निराश भएका छन् । कमसल सामग्री प्रयोग गरेर ढलानमा लापरबाही गरेकाले बाढीले क्षतिपुर्याएको स्थानीयको बुझाई छ । यस अघि २०७६ सालमा पनि पुलको ४० मिटर भाग बाढीले भत्काएको थियो ।
आर्थिक वर्ष २०७५र०७६ देखी निर्माण कार्य शुभारम्भ भएको पुलमा संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । निर्माण सम्पन्न गरेर चालु आर्थिक वर्षको असार मसान्त भित्रै हस्तान्तरण गर्ने तयारी भएको भए पनि प्रयोगमा नआउदै भत्के पछि स्थानीय आक्रोशीत भएका छन् । उनिहरुले आफ्नो सपनामा तुसारापात गर्ने निर्माण कम्पनीलाई सरकारले कालोसूचिमा राखेर बिगो भराउनु पर्ने बताएका छ ।