१६ असार उदयपुर । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार उदयपुरको गाईघाटमा सरकारको विरोधमा मशाल जुलुश प्रदर्शन सहित पुत्ला दहन गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले आज उदयपुरमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोधमा मशाल जुलश सहित गाईघाट बजार परिक्रमा गरेका थिए ।
गाईघाट विपि चौक बाट निकालिएको जुलुस बैक लाईन, टेम्पो चोक हुदै मुख्य चोकमा आएर कोण सभामा परिणत भएको थियो, पुत्ला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारी विद्यार्थी नेताहरु विच सामान्य घरपकट समेत भएको थियो ।
प्रहरीले हस्तक्षेप गरी उनीहरुबाट पुत्ला खोसेको थियो । पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई तीव्रता दिएका छन् ।
नेपाल विद्यार्थी संघ उदयपुर काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष नविन कटुवाल, स्ववियु सभापती नेविसंघ नेता रोशन कार्की, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विमल कार्की, अनेरास्ववियुका नेताहरु प्रवेश ठकुरी, सुरेश गुप्ता नेतृत्वमा जुलुश निकालिएको थियो ।