१६ असार उदयपुर । कबुलियती वनको विषयलाई लिएर उदयपुरको बेलका नगरपालिकामा स्थानीय र प्रहरी विच झडप भएको छ । नेपाल सरकारले गरेको जेष्ठ ६ गतेको निर्णय अनुसार बेलका नगरपालिका ३ स्थित कोशी टप्पुको करिव १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय बासिन्दा आन्दोलित भएका हुन् ।
कबुलियती वन ठेक्का पाएका बराह हर्बल एण्ड एग्रो प्रा.लि.सुनसरीका संचालक निलहरि काफ्लेलेले स्थानीयलाई उठाउने प्रयास गरेपछि स्थानीयहरु नगरपालिका घेर्न आएका थिए । घेर्न आएका आन्दोलनकारीहरुले बेलका नगरपालिकामाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले २५ राउण्ड अश्रु ग्यास प्रहार गरेको स्थानीयको भनाई रहेको छ । प्रहरीले आन्दोलनकारी माथि २५ राउण्ड अश्रु ग्यास प्रहार गर्नुको साथै १० राउण्ड हवाई फायर गरेका थिए ।
यस्तै आन्दोलनकारी र प्रहरी विच भएको भिडन्तमा १० जना घाइेत भएका छन् । उउनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । विरोधमा उत्रिएका स्थानीय बेलका वडा नं-३, ८ र ९ का सयौंका संख्यमा स्थानिय रहेका थिए ।यस्तै आन्दोलनकारीको ढुंगामुढाले बेलका नगरपालिकाको अगाडीको भागको शिशा तोडफोड भएको छ भने कार्यलयको गाडीमा पनि तोडफोड भएको छ ।
यता बेलका नगरपालिका,बराह हर्बल एण्ड एग्रो प्रा.लि. सुनसरी र संघर्ष समितिका सदस्यहरु विच त्रिपक्षिय सहमति भई स्थानिय बासिन्दाहरुको सहमति बेगर कुनै पनि काम नगर्ने भन्ने केही दिन अगाडीनै सहमति भएको बेलका नगरपालिकाका सत्तारुढ दलका नेता गणेस बस्नेतले बताउनु भयो ।
आजको घट्ना सुनयोजित ढंग बाट भएको वहाँले आरोप लगाउनु भयो । केही दिन पहिले सोही वडाका वडाअध्यक्षले कबुलियती वन बनाउन गरेको सिफारिस गलत भयो र सिफारिस गरेको सबै ठाउँमा निष्किृय बनाउने भनी माफी समेत मागीसकेको वहाँले जानकारी दिनु भयो ।
साथै बेलका नगरसभाबाटै पनि कबुलियती वन बनाउने कुरालाई खारिजी गर्ने सिफारिस भइसकेको समेत बताउनु भयो । जनतालाई विस्थापित गर्ने कुनै पनि हाम्रो मनशाय नरहेको नेता वस्नेतले बताउनु भयो ।
यता जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमका अनुसार केही राउण्ड अश्रु ग्यास र हवाई फायर भएको स्वीकार गरेका छन् । आन्दोलनकारी र प्रहरी पनि घाइते भएकोले घाइतेको तथ्याङ्क संकलन भईरहेको जनाएको छ ।