धान दिवसको अवसरमा सप्तरीका युवाहरुद्वारा सडकमै धान रोपाइ

असाढ़ १६ सप्तरी__ हिजो असाढ़ १५ गते धान रोपाइ गर्ने धान दिवस । हुनत हिजो  देशभरिमा धान रोपाइ धान खेतमा गरियो , तर सप्तरीमा भने धान दिवसको अवसरमा स्थानीय युवाहरुले सडकमै धान रोपाइ गरेको छ । समान्य बर्षामा पनि सप्तरीको पातो कठोना सडक खण्ड हिलोमय बनेको भन्दै आक्रोशित युवाहरुले बिच सडकमै धान रोपाइ गरेका हुन ।

बर्षोदेखि सो सडक खण्ड जिर्ण रहेको तथा सामान्य बर्षामा पनि हिलोमय बनेको भन्दै स्थानीय युवाहरुले सो सडकमा धान रोपाइ गरेको डाक्नेश्वरि नगरपालिका ७ का अर्जुन बुमार यादवले बताएका छन । सो सडक जिर्ण बनेको बर्षो दिन बितिसक्दा पनि स्थानीय ,प्रदेश तथा केन्द्रीय सरकार समेत मोन रहेको भन्दै स्थानीयहरुलेबिच सडकमै धान रोपाइ गरेका हुन ।

समान्य बर्षामा पनि सो सडक हिलोमय बनेपछि सो भेग अन्रगत डाक्नेश्वरि नगरपालिकाका पातो ,भुतहि ,ओरहि ,कबिलासा , गम्हरिया प्रवाहा ,ब्रहमपुर लगायत बोदे बर्साइन नगरपालिकाका विभिन्न वडाका हजारौं स्थानीयबासिहरुलाइ दिनहु सो सडक भएर आवत जावतमा समस्या उत्पन्न हुदा पनि सडक मर्मत तथा निर्माण तर्फ हालसम्म कुनै निकायले पहल नगरेको स्थानीयहरुको आरोप रहेको छ ।

यता सो सम्बन्धमा सडक डिभिजन कार्यालय तथा नगरपालिका समेतलाई जिर्ण र हिलोमय सडकको बारेमा जानकारी गराउदा कहिले सम्म कुने पनि निकायले ध्यान नदिएको स्थानीयहरुको भनाइ रहेको छ । उक्त जिर्ण तथा हिलोमय सडक निर्माणका लागि समयमै सम्बन्धित निकायले ध्यान नदिएको खण्डमा स्थानीयबासिहरुले कडा आन्दोलन गर्ने चेतावनि समेत दिएका छन । यसेबिच सो सम्बन्धमा डाक्नेश्वरि नगरपालिकाका मेयर शिव नारायण साहसग सम्पर्क गर्दा उहाको मोबाइलमा सम्पर्क हुन सकेन । श्रोत जनकपुर टुडे

यहाँ कमेन्ट गर्नुहोस्