एमाले महाधिवेशन आयोजक कमिटी बैठकले महत्त्वपूर्ण निर्णय गर्न नसक्ने

असाढ़ १६ काठमाण्डौं ___ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान बस्दैछ । बुधवार बिहान ११ बजे बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधानबारे महत्त्वपूर्ण निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।

असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षले गरेको माग अनुसार पार्टीलाइए २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनेबारे निर्णय हुने एमाले स्रोतले जनाएको छ । एमालेले बुधवारको बैठकका लागि कारवाहीमा परेका ११ नेताबाहेक सबै केन्द्रीय कमिटी सदस्यलाई सूचना दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्