अदालतबाट राजनीति चलाएर मुलुकलाई ध्रुवीकरणतर्फ लैजाने प्रयास भयो : प्रदीप ज्ञवाली

असाढ़ १५ काठमाडौं__ नेकपा (एमालेका) नेता प्रदीप ज्ञवाली मुलुक ध्रुवीकरणतर्फ लैजाने प्रयास भएको बताएका छन् । मंगलबार बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय सुनाउँदै पार्टी प्रवक्तासमेत रहेका नेता ज्ञवालीले राष्ट्रिय राजनीतिलाई अनावश्यक ध्रुवीकरणतिर लैजाने प्रयास भएको बताए ।

“फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापनापछिका तीन महिनाको अवधिमा प्रतिनिधि सभा न त प्रधानमन्त्रीलाई विश्वासको मत दिनसक्ने न न वैकल्पिक सरकार दिनसक्ने अकर्मण्यतामा फस्न पुग्यो । यो अवस्थाको विकल्प ताजा जनादेश नै हुनसक्छ भनेर जेठ ८ गते प्रतिनिधिसभा विघटन भयो,” उनले भने ।

अदालतको फैसलाबाट देश चलाउन खोज्नेहरूबाट मुलक विभाजन र अन्योलतर्फ गइरहेको उनको भनाइ छ । “ताजा जनादेशमा जाने कुरालाई सहज रूपमा लिनुको सट्टा प्रत्यक मुद्दा अदालतमा लगेर थुपरिदिने, अदालतको फैसलाबाट मुलुकको राजनीति चलाउन खोज्ने केही नेताहरूका व्यवहारका कारणले र जनतामा जाने कुरालाई प्रतिगमन भन्दै भइरहेका गतिविधिले मुलुक अहिले अन्योल, विभाजन, ध्रुवीकरणतर्फ गइरहेको छ,” उनले भने

यहाँ कमेन्ट गर्नुहोस्