प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि सरकारी वकिलहरूले बहस सुरु

असाढ़ १४ काठमाडौँ__प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि (सोमबार) सरकारी वकिलहरूले बहस सुरु गरेका छन् । आइतबार निवेदक पक्षको बहस सकिएको थियो । महान्यायाधिवक्ता रमेश बडालले बहसको सुरुवात गर्नेछन् । सरकारी पक्षलाई बहस गर्न १५ घन्टा दिइएको छ । जसमा एक घन्टा सभामुख पक्षलाई छुट्याइएको छ ।

महान्यायाधिवक्ताले तीन घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले दुई घण्टा बहस गर्ने तय भएको छ । ११ जना सरकारी वकिलले बहस गरिसकेपछि प्रधानमन्त्रीका करिब २५ निजी वकिलले बहस गर्ने अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए । सरकारी वकिललाई साढे सात घण्टा र निजी वकिललाई साढे छ घण्टा समय दिइएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्