११ असार उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा आज शुक्रवार करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लि गाउँपालिका वडा नं. २ घर भई हाल लिम्चुङबुङ गाउँपालिका वडा नं. ३ दोबाटे स्थित ससुराली घरमा बस्दै आएको २५ वर्षीय उमेश परियार रहेको प्रहरीले जनाएको छ ।
लिम्चुङबुङ दोबाटेमा भैसि चराउन गएको अवस्थामा नजिकै रहेको बिजुलिको खम्बामा चड्दा अचानक करेन्ट लागि घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले बताएका छन् ।
यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरलले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्