२ जेष्ठ उदयपुर । उदयपुरमा उपचार गराइरहेका थप दुई जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या उदयपुरमा १४ पुगेको छ ।
नोवेल अस्पतालमा उपचारत कटारी नगरपालिका ४ का ७४ बर्षिय बृद्धको सोमबार बिहान मृत्यु भएको हो । ज्वरो आएर बैशाख २५ गते उपचार गर्न पुगेका बृद्धलाई कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई अस्पतालमा आईसोलेसनमा राखेर उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए ।
त्यस्तै त्रियुगा नगरपालिका ३ का ४६ बर्षिय पुरुषको सोमबार बिहान विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको छ ।
स्वास्थ्य प्रमुख सुबेदीका अनुसार जिल्लामा हालसम्म १ सय ६८ महिला र २ सय १९ जना पुरुष गरी ३ सय ८७ जना संक्रमित रहेका छन् भने हालसम्म ७ जना महिला र १६ जना पुरुष गरी २३ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्