रौतामाई गाउँपालिकाको वजेट ५२ करोड ३३ लाख

११ असार उदयपुर । रौतामाई गाउँपालिकाको नवौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित कूल बजेट ५२ करोड ३३ लाख रुपैयाँ प्रस्तुत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले गाउँसभामा प्रस्तुत गरेको अनुमानित बजेटमा ३ करोड ९ लाख ९१ हजार रुपैँया घाटा वजेट प्रस्तुत गरिएको छ ।

अध्यक्षद्धारा प्रस्तुत बजेट अनुसार पूर्वाधारतर्फ प्राथमिकताका साथ २ करोड ३३ लाख रुपैया बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको ४ दशमलव ४५ प्रतिशत हो ।

सामाजिक विकासतर्फ १ करोड १८ लाख विनियोजन गरिएको छ । त्यस्तै वन, वातावरण तथा विपद्तर्फ १ करोड २ लाख, आर्थिक विकासतर्फ ७१ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ ३० लाख, सुशासन तथा संस्थागत विकासमा ५ लाख विनियोजन गरिएको छ । सशर्तअनुदानतर्फ २५ करोड ६८ लाख, विशेष अनुदानतर्फ १ करोड ४९ लाख, प्रदुषणबाट १० लाख आउन सक्ने वजेटको सिमा निर्धारण गरिएको छ । त्यसैगरी चालु खर्चमा ६ करोड १३ लाख रुपैँया विनियोजन गरिएको अध्यक्ष खड्काले बताउनु भयो ।

रौतामाई गाउँपालिकाले १४ वटा योजनालाई गाउँपालिकाका गौरवको योजनाको रुपमा अघि सारेको छ । वजेटमा गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली, विद्युत विस्तार, सडक तथा सिचाई विस्तार, कृषि, स्वास्थ्य जस्ता कार्यक्रमले समेत प्राथामिकता पाएका छन् ।

वातावरण तथा विपत अन्र्तगत आपतकालिन सेवाको वारुण नियन्त्रण, प्रहरी भवन, एम्वुलेन्स सञ्चालन लगायतका शिर्षकमा विनियोजन गरिएको छ ।

आठौं गाउँसभाले गाउँपालिकाको ८ वटा वडामा पुँजीगततर्फ ३ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिका भवन निर्माणका लागि ९७ लाख । विद्युत विस्तारमा १ करोड, रौतापोखरी अतिथि गृह घेरावेरा जोडकोषतर्फ १ करोड ४९ लाख, मुर्कुची-भुट्टार प्रादेशिक सडक कालोपत्रेका लागि जोडकोष २ करोड रुपैँया विनियोजन गरिएको अध्यक्ष खड्काले बताउनु भयो ।

गाउँपालिकाले आयको अनुमानमा आन्तरिक आयतर्फ ५० लाख, समानिकरण अनुदान १० करोड १९ लाख, राजश्व वाँडफाँड ८ करोड ९८ लाख ९ हजार, सशर्त अनुदानतर्फ २५ करोड ६८ लाख आउने रौतामाई गाउँपलिकाले जनाएको छ ।

बजेटमा सामाजिक क्षेत्र, भौतिक पुर्वाधार क्षेत्र उर्जा लघु तथा साजा जलविद्युत (वैकल्पिक उर्जा), सञ्चार, कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिईएको अध्यक्ष खड्काले बताउनु भयो ।

 

यहाँ कमेन्ट गर्नुहोस्