ताप्ली गाउँपालिकाको बजेट ३३ करोड ५० लाख

११ असार उदयपुर । ताप्ली गाउँपालिकाको आठौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८र०७९ को अनुमानित कूल बजेट ३३ करोड ५० लाख ५७ हजार रुपैयाँ प्रस्तुत गरेको छ ।

गाउँपालिका प्रमुख उद्धव सिंह थापाले गाउँसभामा प्रस्तुत गरेको अनुमानित बजेटअनुसार वाताजवरण तथा बिपत् व्यबस्थापनमा ७० लाख, कोभिड १९ व्यबस्थापनमा ५० लाख, बिपत् व्यबस्थापनमा २० लाख, कृषि तर्फ ५० लाख, पशु तर्फ ५० लाख, शिक्षा तर्फ १ करोड, स्वास्थ्य तर्फ ६० लाख, खेलकुद तथा मनोरञ्जनमा ५ लाख, लैंगिक समानता तथा समाबेशीकरणमा ३३ लाख, संस्थागत बिकास सेवा प्रवाह र सुशासन सूचना प्रबिधि तर्फ ६५ लाख ५७ हजार बजेट बिनियोजन गरिएको छ ।

गाउँपालिकाको बजेटमा बित्तिय समानिकरण अनुदान तर्फ ७ करोड ९४ लाख, राजस्व बाँडफाँड तर्फ ६ करोड १० लाख ५१ हजार, सर्शत अनुदान तर्फ १६ करोड ४६ लाख, बिशेष अनुदान तर्फ १ करोड ३७ लाख, समपुरक अनुदान तर्फ ५६ लाख रहेको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय समानिकरण ४३ लाख ७३ हजार, प्रदेश राजस्व बाँडफाँड २८ लबखभ १३ हजार, गाउँपालिकाको आन्तरिक आय स्रोत तर्फ १४ लाख २० हजार रहेको पालिका अध्यक्ष उद्धव सिंह थापाले जानकारी गराउनु भयो ।

बजेटमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत् बिस्तार, सडक स्तारोन्नती, शिक्षा, स्वास्थ्य वन वातावरण तथा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिईएको अध्यक्ष थापाले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्