११ असार उदयपुर । उदयपुरगढी गाउँपालिकाको आठौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७/र०७९को अनुमानित कूल बजेट ६६ करोड ७ लाख रुपौया प्रस्तुत गरेको छ । बिहीबार सम्पन्न गाउँसभाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि बार्षिक नीति तथा कार्यक्रम सहित बजेट पास गरेको हो ।
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गाउँ सभामा प्रस्तुत गरेको अनुमानित बजेटअनुसार सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य,युवा तथा खेलकुदमा प्राथमिकताका साथ ४ करोड रुपैया बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको ६ दशमलव ०५ प्रतिशत हो ।
पूर्वाधार भौतिक बिकासमा ९ करोड ४ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । आठौं गाउँ सभाले वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड १५ लाख, आर्थिक विकास तर्फ २ करोड र म्याचिङ्ग फण्डमा ३ करोड ५ लाख विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमतर्फ ८ करोड १० लाख र संघबाट प्राप्त हुने सशर्त अनुदान तर्फ २५ करोड ४३ लाख खर्च गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिनुभयो।
उदयपुरगढी गाउँपालिकाको प्रमुख स्रोत संघीय सरकारबाट समानिकरणमा प्राप्त हुने १६ करोड ४ लाख रकम र संघकै राजस्व बाँडफाडबाट प्राप्त हुने ९ करोड ४८ लाख रकम हो । अन्य प्रदेशबाट विनियोजन भएको रकम ९५ लाख वित्तिय समानिकरण अनुदान र आन्तरिक आय वापतको ७० लाख नै पालिकाको बजेटको प्रमुख श्रोत रहेको पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनु भयो ।
सामाजिक सुरक्षा कार्यक्रमतर्फ ८ करोड १० लाख र संघबाट प्राप्त हुने सशर्त अनुदान तर्फ २५ करोड ४३ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।
बजेटमा खानेपानी, पर्यटन, सडक स्तारोन्नती, शिक्षा, स्वास्थ्य वन वातावरण तथा कृषि क्षेत्रका योजना सहित मुख्य प्राथमिकता दिईएको छ ।