११ असार उदयपुर । उत्पादानमा समर्थन:पूर्वाधारमा प्रबर्धन भन्ने मुल नारा सहित बेलका नगरपालिकाको आठौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९को अनुमानित कूल बजेट ६९ करोड ७६ लाख ४५ हजार प्रस्तुत गरेको छ ।
यो बजेट चालु आर्थिक वर्षभन्दा करिव ४ करोड ले कमी हो । चालू आर्थिक वर्षमा नगरले ७३ करोड माथिको बजेट विनियोजन गरेको थियो । आन्तरिक श्रोतको आम्दानी कमी भएको कारण आगामी आर्थिक बर्ष २०७८/०७९को बजेटमा कमी आएको नगरप्रमुख दुर्गा कुमार थापा (स्वस्ती)ले जानकारी दिनुभयो ।
नगर प्रमुख दुर्गा कुमार थापा (स्वस्ती) ले नगरसभामा प्रस्तुत गरेको अनुमानित बजेटअनुसार सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य,युवा तथा खेलकुदमा प्राथमिकताका साथ ५ करोड ४६ लाख ४५ हजार बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको ७ दशमलव ८३ प्रतिशत हो ।
पूर्वाधार भौतिक बिकासमा १ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आठौं नगरसभाले बेलका नगरपालिका को ९ वटा वडामा पुँजीगततर्फ ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
कार्यलय संचालन तथा प्रशासनिक (नगर वडा) तर्फ ८ करोड ८५ लाख ५० हजार रुपैयाँ । बाताबरण तथा वितपद वयवस्थापन तर्प ४० लाख रुपैया संस्थागत विकास सेवा प्रभाव सुशासन तर्फ १ करोड ७६ लाख रुपैया ।
समपुरक तथा साझेदारी कार्यक्रम तर्फ २ करोड ४० लाख रुपैया । नगरका गौरवका आयोजनाहरुमा ४ करोड ४० लाख ५० हजार विनियोजन गरेको छ ।
बजेटमा नगर प्रशासकिय भवन,फोहोर व्यवस्थापना तथा उध्यान निर्माण, आधारभुत अस्पपताल, कृषी, खानेपानी, पर्यटन, सडक स्तारोन्नती, शिक्षा, स्वास्थ्य वन वातावरण तथा कृषि क्षेत्रलाई नगरको गौरवका योजना सहित मुख्य प्राथमिकता दिईएको छ ।