असाढ़ ११ काठमाडौं__ मनसुनी वायुको प्रभाव देशैभर रहेकाले शुक्रबार अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा वर्षा हुने पनि मौसमविदलेबताएका छन्।
प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानमा राति पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशका केही भागमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।
यसैबीच, इलामको विरिङ खोलामा बिहानै उच्च जल प्रवाह मापन भएकाले तटीइ क्षेत्रमा सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
यहाँ कमेन्ट गर्नुहोस्