रुखबाट लडेर १ जनाको मृत्यु

१० असार खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो ।

घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्