युवा नेता भागवत राउतको पहलमा निर्माणाधीन अक्सिजन प्लान्टका लागी ३० लाख सहयोग

१० असार उदयपुर । उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन अक्सिजन प्लान्टका लागी ३० लाख सहयोग प्राप्त भएको छ ।

नेपालको अन्धोपन निबारणको क्षेत्रमा बिगत लामो समय देखि नेपाल नेत्र ज्योती संघ सगं सहकार्य गर्दै आएको सेवा फाउन्डेसन नेपालका कन्ट्री डाईरेक्टर राम प्रसाद कडेल र नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागबत राउतको बिशेष पहलमा उक्त रकम प्राप्त भएको हो ।

सेवा फाउन्डेसनको रिजनल डाईरेक्टर रबिन्द्र शाक्य, सेवा फाउन्डेसन नेपालको कन्ट्री डाईरेक्टर राम प्रसाद कडेल, सेवा फाउन्डेसन नेपालको कार्यक्रम अधिकृत पारामी धाख्वा,नेपाल नेत्र ज्योती संघका केन्द्रिय महासचिब भरत बहादुर चन्द, नेपाल नेत्रज्योती संघको कार्यक्रम निर्देशक सैलेश कुमार मिश्र,नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागबत राउत र बेलका नगर पालिकाका नगर प्रमुख दुर्गा कुमार थापा (स्वस्ती) बिच संयुक्त छलफल पछि आर्थिक सहयोगको लागि अगाडि बढेको नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागबत राउतले जानकारी दिनुभयो ।

बेलका नगरपालिकाले कोरोनाको दोश्रो लहर सुरु भए सँगै अक्सिजन प्लान्ट निमार्णको निम्ति सहयोगको आवहान गरेको थियो । बेलका नगर प्रमुखले संयुक्त छलफलमा अक्सिजन प्लान्ट निर्माण समिति सँग जनताबाट उठेको १० लाख र पालिकाहरुबाट सहयोग स्वरुप प्राप्त ६० लाख रुपैया छ भन्ने जानकारी गराए ।

“जानकारी पश्चात समिती सँग भएको ७० लाख रकम तोकेको मितीमा खातामा जम्मा गर्न सके हामी ३० लाख सहयोग गर्न तयार छौ।” “सेवा फाउन्डेसन नेपालका कन्ट्री डाईरेक्टर राम प्रसाद कडेले वचन बद्द गरे ।”

सहयोगी दाताले तोकेको समय भन्दा २ दिन अगावै अक्सिजन प्लान्ट निर्माण समितिले खातामा ७० लाख रकम जम्मा गरे पछि सेवा फाउन्डेसन नेपालको तर्फ बाट अक्सिजन प्लान्ट निर्माण समितिको खातामा हिजो बुधवार वचन बद्द गरेको  ३० लाख रकम जम्मा गरिएको नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष राउतले बताउनु भयो ।

कोभिड १९ को महामारीमा फाउण्डेसनले बजेट छुट्याउनै पर्ने भएको हुदा यो रकमलाई उदयपुरको बेलका नगरपालिकामा निर्माणधिन अक्सिजन प्लान्टमा नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागबत राउतको बिशेष पहलमा सहयोग गरिएको सेवा फाउन्डेसन नेपालले जनाएको छ ।

फाउण्डेसनले गरेको लगानी पूर्णरुपमा सदुपयोग होस भन्नका खातिर फाउण्डेसनले नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष राउतलाई, प्रोजेक्टलाई सफल बनाउने दाइत्व बोध बोक्ने सर्तमा पनि अक्सिजन प्लान्टलाई सहयोग गरिएको सेवा फाउन्डेसन नेपालको कन्ट्री डाईरेक्टर राम प्रसाद कडेलले बताउनु भयो ।

यता बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापा (स्वस्ती) ले बेलकाले लिएको यो महानकार्यमा सहयोग गरेकोमा अध्यक्ष राउत सहित सहयोगी निकाय लगायत सम्पूर्ण सहयोगीमनहरुलाई धन्यावाद दिनुभयो ।

सेवा फाउन्डेसन नेपाल नेत्र ज्योती संघको प्रमुख सहयोगी निकाय सँस्था हो ।

यहाँ कमेन्ट गर्नुहोस्