त्रियुगा नगरपालिकाको आगामी बर्षको अनुमानित बजेट आज आउने

१० असार उदयपुर । त्रियुगा नगरपालिका उदयपुरले आगामी वर्षको अनुमानित बजेट १ अर्व १८ करोड रुपैयाको ल्याउने भएको छ ।

आज विहिवार ११ बजे त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्षको पूर्ण बजेट आज ल्याउन लागेको हो ।
बजेटमा शसर्त अनुदान तर्फ ५२ करोड ८० लाख, विशेष अनुदान तर्फ २ करोड ४९ लाख र संघीय समपुरक अनुदान तर्फ १ करोड ५३ लाख विनियोजन त्रियुगा नगरपालिकाको आगामी बजेटमा गरेको छ ।

यस्तै वित्तिय समानीकरण तर्फ २२ करोड २५ लाख, राजश्व बाँडफाँड तर्फ १६ करोड १४ लाख ५६ हजार र आन्तरिक स्रोत तर्फ ९ करोड ७० लाखको बजेट ल्याउन लागेको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिनु भयो ।

प्रदेश सरकार समानीकरण तर्फ १ करोड ३२ लाख ५९ हजार र प्रदेश सरकार सवारी साधन कर तर्फ १ करोड ७२ लाख ७९ हजार ४४० रुपैया बराबरको बजेट विनियोजन गरिएको छ ।

आगामी वर्षको बजेटमा पहिलो प्राथमिकतामा विकास निर्माण, शिक्षा र स्वास्थ्य परेको छ । यस्तै त्रियुगा नगरको मुख्य बजार क्षेत्र गाईघाटलाई हरित क्षेत्र र सडक उन्नतिमा जोड दिने कार्यक्रम रहेको नगर प्रमुख चौधरीले जानकारी दिनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्