हत्याको विरोध गर्दै दलित अधिकारकर्मी उदयपुरद्धारा प्रमुख जिल्ला अधिकारि मार्फत गृहमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश ।।

०९ असार उदयपुर । भोजपुरको संगम ठटाल परियारको अन्तरजातीय विवाह पश्चात भएको हत्याकाण्डको विरोध स्वरुप दलित अधिकारकर्मी तथा नागरिक समाजले प्रदेश नं. १ को १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारि मार्फत गृह मन्त्री, मुख्यमनन्त्री आन्तरिक मामिला तथा कानुन मन्त्री र राष्ट्रिय दलित आयोगलाई एकै पटक ज्ञापन पत्र पेश गरिएको छ ।

त्यसै क्रममा उदयपुरमा पनि दलित अधिकारकर्मी तथा गैसस महासंघका जिल्ला अध्यक्ष सुमन परियारको अगुवाईमा दलित अधिकारकर्मी तथा दलित नागरिकसमाज, संघ, सस्थाहरुको उपस्थितीमा बुधवार उदयपुरका प्रमुख जिल्ला अधिकारि मार्फत गृहमन्त्री, मुख्यमनन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री र राष्ट्रिय दलित आयोगलाई एकै पटक ज्ञापन पत्र पेश गरिएको हो । अधिकारकर्मी सुमन परियारको अनुसार खोटांग,ओखालढुंगा,सोलुखुम्बूमा पनि वहाँकै संयोजनमा आज १ बजे ज्ञापन पत्र पेश गरिएको बताउनु भएको छ ।

दलित अगुवा तथा गैसस माहासंघ उदयपुरका अध्यक्ष सुमन परियार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै ।

ज्ञापन पत्र अनुसार यहि जेठ १५ गते भोजपुर षडानन्द नगरपालिका वडा नं-१४ स्थित पालेवन जंगलमा रुखमा झुण्डिएको अवस्थामा भेटिएको, संगम ठटाल परियारले जेट १० गते स्थानिय गैरदलित युवतिसँग प्रेम विवाह गरेका थिए । लगतै जेष्ठ ११ गते स्थानिय वडा अध्यक्ष भक्क बहादुर रोकाहाले विवाह कायम हुन नदिन स्थानियहरु परिचालन गरेर संगमलाई कुटपीट तथा ज्यानमार्ने धम्किका साथै जातिय विभेदजन्य गालीगलौज गरेका थिए । र सोही दिन केटीलाई छुट्यार पनि लगेको स्थानियहरुको भनाई रहेको छ । १२ गते पछि एकाएक हराएको ठटाल १५ गते नजिकैको जंगलमा झुण्डीएको अवस्थामा मृत फेला पारेको परिवारजनहरुको भनाई रहेको छ ।

घट्ना लगतै आत्महत्या दुरुत्साहनसहित जातीय भेदभाव छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को कानुनी प्रावधान अनुसार मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाउनुको अलावा प्रहरी प्रशासनले जाहेरीनै लिन अस्विकार गरिरहेको घट्ना प्रति संघर्ष समितिको ध्यानाकर्षण भएको छ ।

उदयपुरका दलित अगुवाहरु जिल्ला प्रशासन कार्यलय उदयपुरमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै ।

ज्ञापन पत्रमा अहिलेको २१ औँ शताब्दिमा आएर पनि अन्तरजातीय विवाहको निउँमा ज्यानै सम्म जाने घृणित कार्यप्रति घोर भत्र्सना गरि त्यस्तो प्रकारका निन्दनिय क्रियाकलापहरुलाई निरुत्साहित पार्ने खालका निति अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ । साथै पिडितलाई समाजिक न्याय सहित पिडकलाई कानुनबमोजिम हदैसम्मको कारवाहि गर्न पनि ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला तुलशीराम सेडाइले अहिलेको युगमा पनि जातिय विभेद हुनु चुनौतीको बिषय हो, जातिय विभेद सम्बन्धि कानुन छन तर कार्यान्वयनको पाटोमा समस्या छ यस्का निम्ति सामाजिक सघ सस्थाहरुको भुमिका अझ कृयाशिल हुन जरुरी छ, जातिय विभेदका घट्ना घट्नु निन्दनिय कार्य भएको र यस्ता कार्यको भत्र्सना गर्दै जनचेतना जगाउँनु आवश्यक रहेको प्रतिक्रिया दिए ।

उनले ज्ञापन पत्र तुरुन्तै गृहमन्त्रिसमक्ष पेश गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे । दलित संघ सस्थाका प्रतिनिधिहरु, पत्रकारको रोहवरमा उक्त ज्ञापन पत्र पेश गरिएको थियो ।

विज्ञप्ति यस्तो छ

यहाँ कमेन्ट गर्नुहोस्