०९ असार मोरङ । मोरङको रंगेली नगरपालिका ६ मलङ्गथानमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा १ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । आज दिउसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाईते भएका सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रबिन मण्डल घाईते भएका हुन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्