प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ

०९ असार सुनसरी । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय मुकेश कार्की रहेका छन् । उनलाई प्रतिबन्धीत औषधी Opotab 2000  Tablet, Spasmo-1230 Tablet र Spasmo (फोक्सिबोन)- 250 क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीको थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्