जेष्ठ २ वीरगंज____यूनाइटेड रिलीगीओंस इनिटीअभेट URI को आर्थिक सहयोग समाईल फोर मिलियनस अर्गनाइजेसनको पहल र पिसफोर दलित फाउन्डेसन नेपालको आयोजनामा बिरगंजमहानगरपालिका कै ग्रामिण वडा बिन्दबासनि केहुनिया खाद्यान्न राहत वितरण गरिएको छ।
कोभिड-१९ को विरुद्ध, रोकथाम , प्रतिकार्यको लागि विश्व र नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। पर्सा जिल्लामा पनि मिति २०७८/०१/१६ गतेदेखि हाल सम्म निषेधाज्ञा गरेको छ। पर्सा जिल्लामा पनि निषेधाज्ञा , लकडाउनले गर्दा धेरै दलित, मजदुर, जेष्ठ नागरिक, श्रमिकहरु प्रभावित रहेकोे छ्न।
काम बन्द भएकोले दैनिकी ज्यालादारी गरेर काम गर्ने घरपरिवार लाई खाद्यान्नको समस्या रहेर भोकभोकको अवस्था भएको छ। यस पर्सा जिल्लाको सदरमुकाम नजिक रहेकोे बिरगंजमहानगरपालिका कै ग्रामिण वडा बिन्दबासनि केहुनिया हो।
यहाँको दलित , मजदुर , विपन्न घरपरिवार अति नै प्रभावित रहेकोे छ्न। धेरै प्रभावित तथा खाद्यान्नको समस्या रहे पनि पहिलो चरणमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा-१९ , बिन्दबासनी केहुनियाको ३० घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। जेष्ठ नागरिक / वृद्धहरुको लागि खाद्यान्न राहत वितरण गरिएको छ।
खाद्यान्न राहतमा, मास्क, चामल , दाल , तेल , आलु , नुन , साबुन , सर्फ सहयोग गरिएको छ। यस कार्यमा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम, फाउन्डेसनको उपाध्यक्ष गठित नागरिक स्वयंसेवी समूह, संयोजक चन्द्रकिशोर राम, सचीव दीपेन्द्र कुमार राम, सदस्य संयोग राम र अशोक राम लगायत अगुवाइको सहभागिता रहेकोे थियोे ।