काठमाडाैँ : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयले यही जेठ २० गतेभित्र परीक्षा लिइसक्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षीक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर परीक्षा लिन निर्देशन दिएको हो ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सबै विद्यालयहरुलाई जारी गरेको निर्देशनात्मक पत्रमा जेठ मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने र असारको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न भनेका छन् । महानगरले कक्षा आठको नगरस्तरीय परीक्षाको विषयमा छिटै सूचना जारी गर्ने पनि जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्