प्रदेश १ मा आज ६५७ संक्रणमुक्त, ३६२ जना संक्रमित थपिए

०७ असार बिराटनगर । प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८-८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५-५, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ४८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ८६५ रहेको छ । प्रदेश १ मा आज १ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६७ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्