०७ असार उदयपुर । उदयपुरमा आज सोमवार भएको ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ।
दुर्घटनामा परी ट्याक्टरका सहचालक उदयपुर रौतामाई गा.पा.-७ निवासी ३२ वर्षीय तुल बहादुर केप्छाकी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
गाईघाटबाट लिम्चुङबुङतर्फ (नेपाल टेलिकम चित्रे टावर) को सामान लिएर जाँदै गरेको रौतामाई गा.पा.१ टाट्ने स्थित भित्रि सडक खण्डमा आज १ बजेतिर उक्त ट्याक्टर बाट अचानक लडि गम्भिर घाईते भएका मगरको उपचारका क्रममा आज दिउसो २ः३० बजे तिर जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी भिम दहालले जानकारी दिए ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्