असाढ़ ७ काठमाडौं__ नेपालमा कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप ३ हजार १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९ सय ४ परीक्षणमा पीसीआर विधिबाट १ हजार ४ सय ८४ जनार ७ सय १३ जनामा एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
यहाँ कमेन्ट गर्नुहोस्