०७ असार काठमाण्डौं । “गायन, वादन र नृत्यको त्रिसंयोग हो सङ्गीत” आज जुन २१ तारिख विश्व सङ्गीत दिवस, अन्य बर्ष भन्दा फरक तरिकाले विश्वका संगित प्रमीहरुले मनाउदै छन् । कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर यो वर्षको ‘विश्व सङ्गीत दिवस’ मनाउन नपाए पनि सङ्गीतका पारखीहरूले सामाजिक सञ्जाल र भर्चुअल माध्यममार्फत यो दिवस मनाउँदै छन् ।
अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो ।
पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो । नेपालमा २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ ।
सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक सङ्घले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ । अहिले विश्वभर फैलिएको कोरोनाको कारण धेरैलाई मानसिक समस्यामा रहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई सङ्गीतमार्फत पनि केही हदसम्म मद्दत गर्न सकिन्छ । कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण नेपालको साङ्गीतिक क्षेत्रमा निक्कै ठूलो असर परेको छ ।