०७ असार सङ्खुवासभा । सङ्खुवासभामा निस्सासिएर बेहोस भएका दुई जनाको ज्यान गएको छ । खाँदबारी नगरपलिका-४ सेकाहामा सेफ्टी ट्याङ्कीको ढलान खोल्ने क्रममा ट्याङ्की भित्र छिरेका सोही ठाउँका ईश्वर राई र तारावीर गुरुङको ज्यान गएको जिल्ला प्रहरीले जनाएको छ ।
नरेश गुरुङको घरमा बनाइएको सेफ्टी ट्याङ्की भित्रको ढलान खोल्न छिरेका राई र गुरुङ हिजो बेलुका ५ बजे दुवै जना ट्याङ्की भित्र बेहोस भएपछि उद्धार गरेर उनीहरुलाई जिल्ला अस्पताल सङ्खुवासभामा लगिएको थियो ।
उनीहरुको उपचारका क्रममा हिजो नै ज्यान गएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्