२०७८ असार ७ गते, साेमवार, २१ जुन २०२१। ज्येष्ठ शुक्लपक्ष, एकादशी तिथि (१०ः०८ बजेदेखि द्वादशी), स्वाती नक्षत्र (१४ः१४ बजेउप्रान्त विशाखा), चन्द्रराशि– तुला।
मेष राशिः मित्र पक्ष सबल रहनेछन् । वाक् कलामा वृद्धि हुनेछ । वित्तीय लाभका साथै कार्य व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ ।
वृष राशिः मित्र सुख मिल्नुका साथै सुखद् यात्राकायोग पनि देखिन्छन् । धार्मिककार्यमा रुचि जाग्नेछ । आर्थिक पक्ष पनि सबबल नै रहनेछ ।
मिथुन राशिः भौतिक वस्तुबाट लाभ रहनुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहने देखिन्छ । व्यवसायमा सफलता मिल्नेछ ।
कर्कट राशिः विद्याको क्षेत्र मध्यम रहनेछ । दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरतका साथै प्रतिकूल स्वास्थ्यको समेत सामना गर्नुपर्ने देखिन्छ ।
सिंह राशिः प्रिय सुख मिल्नेछ । विद्याको क्षेत्र पनि आज सबल नै रहनेछ । बोलीमा ओज रहनुका साथै कार्य क्षेत्रमा पनि उन्नति हुने योग देखिन्छ ।
कन्या राशिः आयमा वृद्धि हुनेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । कार्य क्षेत्रमा प्रभावकारिता रहनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् ।
तुला राशिः आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन आज सुखद् रहनेछ । मिष्ठान्न लाभ हुनेछ ।
वृश्चिक राशिः स्वास्थ्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । चन्द्रमा आज प्रतिकूल रहनेछन् । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।
धनु राशिः व्यवसायमा संघर्षका साथै दिन कार्यदायी रहने देखिन्छ । विद्या एवं प्रेमका क्षेत्र आज मध्यम फलदायी रहनेछन् । शत्रुपक्ष सबल रहनक्नेछन् ।
मकर राशिः प्रेम जीवन सुखद् रहनेछ विद्याको क्षेत्र सबल रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै मनोरञ्जनमा विशेष रुचि रहने देखिन्छ । ।
कुम्भ राशिः खेलको क्षेत्र पनि सफल नै रहनेछ ।नयाँँ कार्यमा मन प्रवृत्त रहुका साथै दिन सुखद् रूपमा व्यतीत हुने देखिन्छ । द्रव्य लाभ हुनेछ ।
मीन राशिः व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्राज्ञिक कार्यमा संलग्न रहने आजको राशिफल रहेको छ ।