०६ असार विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, तेर्हरथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १-१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार १२८ पुगेको छ । संक्रमित भएका मध्ये हालसम्म ५५ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार २३२ रहेको छ ।
प्रदेश १ मा आज १ हजार ४२९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२६ महिला र १२९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्