उदयपुरमा कोरना संक्रमणबाट चारको मृत्यु, मृतकको संख्या ११ पुग्यो

२ जेष्ठ उदयपुर । उदयपुरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना पुरुष रहेका छन् । यो सँगै मृतकको संख्या उदयपुरमा ११ पुगेको छ । कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका १० का ६३ बर्षिय पुरुषको उदयपुर कोभिड अस्पताल चौदण्डिगढी नगरपालिका ७ मा शनिबार बेलुका मृत्यु भएको छ ।
चौदण्डिगढी नपाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुुर पोखरेलका अनुसार कोरोना देखिएपछि उनलाई अस्पतालमा भर्ना गरी राखिएको थियो । शनिबार दिउँसोसम्म सामन्य अवश्थामा रहेका उनी संक्रमणबाट आत्तिएर हृदयघातबाट ज्यान गएको हुन सक्ने पोखरेलले बताए ।

उदयपुर कोभिड अस्पतालमा विरामी भएका मध्ये मृत्युको घटना यो पहिलो हो ।

त्यसैगरी कोरोना भाइरसको संक्रमणपछि उपचारको क्रममा त्रियुगा नगरपालिका ३ घर भई गाईघाटमा व्यापार गर्दै आएका ४० बर्षिय व्यापारीको शनिबार बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
संक्रमण देखिएपछि उनलाई परिवारले पाँच दिनअघि झापाको विएनसी अस्पतालमा भर्ना गरेका थिए । त्यसैगरी ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना भएका चौदण्डिगढी नपा ५ का ५६ बर्षिय पुरुषको नोवेल अस्पतालमा आईतबार बिहान मृत्यु भएको छ । अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको थियो ।

अर्का त्रियुगा नगरपालिका १२ डिएम गेटका ४५ वर्षिय युवकको मृत्यु भएको छ । उनको ग्रिनक्रस हस्पिटल विराटनगरमा शनिबार राति १२ बजे मृत्यु भएको छ । उनको तीन दिन अघि श्वासप्रश्वासमा समस्या भएपछि नोवेल हस्पिटल विराटनगर लगिएको थियो । तर, नोवेल हस्पिटले भर्ना नलिएपछि उनलाई ग्रिनक्रस हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई त्यही संक्रमण पुष्टी गरेको थियो ।

अहिलेसम्म ३ महिला र ८ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने अहिलेसम्म ३७९ जना कोरोना संक्रमित भएका छन भने १४ जना कोरोनामुक्त भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्