मुस्ताङमा खोप तारेको भिडियो ट्विट गर्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले भने : ‘उनीहरू हिरो हुन्’

०५ असार काठमाण्डौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन् ।

विश्वसमा कोरोना भाइरसविरुद्धको खोपका लागि स्वास्थ्यकर्मीहरू खटिरहेको भन्दै उनले प्रशंशा गर्नुका साथै कोट ट्विट गर्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

ट्वीटमा उनले कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको बताएका छन् । तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ ।

मानिसको जीवन बचाउन स्वास्थ्यकर्मी कसरी खटिन्छन् भन्ने यो भिडियोले देखाएको छ। अझ पनि धेरै ठाउँमा यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हो ? डा. टेड्रोसले भनेका छन् ।

असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले भ्याक्सिन क्यारिअरु तारेका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्