गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

०४ असार कास्की । गण्डकी प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विश्वासको मत पाएका छन् ।

शुक्रबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पोखरेलको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । मतदानमा ५८ जना सांसद उपस्थित थिए ।

उनलाई नेकपा एमाले बाहेकका अन्य दलले मत दिएका छन्।

मुख्यमन्त्री पोखरेल नेपालीको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी लगायतको गठबन्धनबाट जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।एमालेका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि पोखरेलले बहुमत पुर्याउनु भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्