स्ट्रवेरी गाउँको कथा

भीषण राई 
०४ असार चतरा । वराहनगर वडा १ स्थीत पहाडी भुभागमा पर्ने धापालाई अहिले स्ट्रवेरीको गाउँ भन्न थालिएको छ । यहांको स्ट्रवेरीले अहिले ह्वात्तै पर्यटन तानेको छ । गाउँमा हुलका हुल मानिषहरु स्ट्रवेरी हेर्न आउन थालेका छन् ।

यहांको उत्पादन धरानको भाटभटेनी र गोर्खा डिपार्टमेन्ट स्टोर ईटहरीमा विक्री हुन्छन् । तर लकडाउनले सबै बन्द छन् । केही उत्पादन विग्रने अवस्था छ । उसले चाँंडै फल्ने र चाँडै विग्रने स्ट्रबेरीबारे उनले भने स्ट्रबेरीको लोकल रक्सी र वाइन बनाउने योजना छ । उनले सागको गुन्द्रुग बनाउने, टमाटरलाई सुकाउने कृषक अर्जुन कुलुङ(३६) ले बताए ।

तरकारी क्याप्सीकम, खुर्सानी, तिते भिण्डी, घिरौला, लौका, तिते करेला, भिण्डीलाई भने धरान लगीने बताए ।
अहिले त्यहां उनिहरुले नमुना तरकारी खेती गरिरहेका छन् । त्यहां पुग्दा लकडाउनले उनिहरुलाई खासै अषर परेको रहेनछ । सबै आफ्नो कृषी कर्ममा जुटिरहेका थिए । पाकेका स्ट्रबेरी लटरम्म फलेका थिए । हरिया साग लपक्कै थिए । राता राता टमाटर, क्याप्सीकम र अकबरेहरु थाङ्गा्रमा झुण्डीईरहेका थिए ।

कुलुङ गाउँ कृषी फर्मको नाममा अर्जुन कुलुङ लगायत पांचजना युवा छन् । जसमा दिपेन कुलुङ, ससन देवकोटा, दिपक कुलुङ, मणि कुमार कुलुङ र जिवन राई रहेका छन् । कृषीमा गरौं लगानी ल्याउंछ सुनौलो विहानी भन्ने नारा दिएका उनिहरुले यो योजना वर्ष दिन अघि मात्र सुरु गरेका हुन् ।

हाइटेक टनल खेतीमा बेमौसमी तरकारी खेतीमा भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय, प्रदेश १ विराटनगरको सहयोग र उनिहरुको आफ्नो समूहको लगानी रहेको अर्जुन कुलुङले बताए ।

उनिहरुले भर्खरै सञ्चालन गरेको होमस्टे पनि सञ्चालन गरेका छन् । अहिले उनिहरु निकै खुशी छन् । कृषी कार्यले उनिहरुलाई नाम संगै दाम पनि दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्