अन्य दिन भन्दा आज मौसम सफा तथा पानी कम पर्ने सम्भावना

०४ असार काठकाण्डौं । आज नेपालको पूर्वी क्षेत्रमा सधाको मौसम भन्दा आंशिक बदली भएको छ भने पश्चिमी क्षेत्रमा भने सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनु भएको छ। आंशिक बदली भनेको धेरै घाम लाग्नु हो भने सामान्य बदली भनेको बढी बादल लाग्नु हो।

मध्याह्नपिछ केही बदली हुने र साँझतिर वर्षा हुने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनु भयो । “तर त्यस्तो ठूलो वर्षा हुने सम्भावना देखिएको छैन, प्रदेश १ का एक दुई ठाउँ र बागमती मा भारी वर्षा पनि हुन्छ कि भन्ने अनुमान गर्न सकिन्छ।”, मौसमविद् सापकोटाल भने ।

उनका अनुसार आज र भोलि वर्षा अलि कम हुने देखिएको छ। पर्सिबाट भने फेरि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्