नेवा मिसा दबु धनकुटाले कोरोना अस्पताल आईशोलेसन धनकुटाका विरामीहरुलाई पसिलो खाने कुरा प्रदान

०३ असार धनकुटा । धनकुटा कोरोना अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाका कोरोना संक्रमित विरामीहरलाई नेवा मिसा दबु धनकुटाले आज धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा विभिन्न किसिमका पोसिलो खानेकुरा तथा स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ ।

नेवा मिसा दबु धनकुटाका अध्यक्ष सुजता श्रेष्ठ,उपाध्यक्ष रेजिना पलिखे, कोषाध्यक्ष ज्योती श्रेष्ठ कार्यकारी सदस्यहरु सुलोचना श्रेष्ठ,रत्ना श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यालय सचिव सिचन प्रधानले धनकुटा अस्पतालका प्रमुख डा।पुजन विश्वकर्मालाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा आईशोलेसन सेन्टर धनकुटाका स्टाप नर्स श्रीजु शंकर,क्यानटिन संचालीका सरस्वती गुरुङ्ग लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

आईशोलेसन सेन्टर धनकुटाका विरामीहरुलाई चना,सुप,अण्डा लगायत विभिन्न किसिमका पोसिलो खानेकुराहरु र माक्स,सेनिटाईजर,साबुनहरु प्रदान गरिएको नेवा मिसा दबु धनकुटाका अध्यक्ष सुजता श्रेष्ठले वताईन ।
नेवा मिसा दबु धनकुटाले धनकुटामा विभिन्न किसिमका गरिव दुख तथा असायहरुलाई सहयोग गर्दै आईरहेको र अन्य विभिन्न किसिमका समाजिक कार्यहरु समेत गर्दै आईरहेको उपाध्यक्ष रेजिना पलिखेले वताउनु भयो ।

धनकुटा आईशोलेसन सेन्टर धनकुटा बजार भन्दा टाढा भएकाले धनकुटा आईशोलेसन सेन्टरमा रहेका विरामीहरु,विरामीका भिजिटरहरु,चिकित्सक तथा स्वास्थ्य कर्र्मीहरुलाई दैनिक खाना तथा खाजा खाना र खुवाउन समस्या भैरहेकोमा धनकुटा उद्योग बाणिज्य संघको पहल र समन्वयमा तिन साता अघि देखी आईशोलेसन परिषर छेउमा व्यावसायी सरस्वती गुरुङ्गले क्यानटिन संचालन गरी सहजताका साथ पोसिलो खाना तथा खाजा खुवाउदै आउनु भएको छ ।
धनकुटा आईशोलेसन सेन्टरमा कोरोना संक्रमित ११ जना र कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा १० जना विरामीहरुले उपचार गराईरहनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्