असाढ़ ३ बारा__ प्रदेश दुई सरकारले पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको राजमार्गमा पर्ने पथलैयास्थित तीन बिगाह क्षेत्रफलमा रहेको रित्तो संरचनामा संचालन गर्ने भनिएको प्रदेशस्तरीय ट्रमा अस्पताल घोषणमै सीमित बन्न पुगेको छ । प्रदेश सरकारले प्रत्येक बर्ष नीति तथा कार्यक्रममा दर्जनौ प्रदेश स्तरीय संरचनाहरुको घोषण गरे पनि कार्यान्वयन नहुँदा सबै आयोजना घोषणामै सीमित बन्न पुगेको हो ।
संघिय सरकारले गत बर्ष देशैभरका प्रदेश तथा प्रत्येक स्थानीय तहमा अस्पतालको शिल्यान्यास गर्नुपर्ने कार्यक्रम अन्तरगत प्रदेश दुईका मुख्य मंत्री लालबाबु पंडितले एकै दिन बाराको झिटकैयामा सरुबा रोग अस्पताल शिल्यान्यास गर्नु भएको थियो भने पथलैयामा प्रदेशस्तरीय ट्रमा अस्पताल बनाउने स्थलगत अबलोकन गरी घोषणा गर्नु भएको थियो । उहाँले पथलैयाको रितो भबन ट्रमा अस्पतालको लागी प्रदैशमै एक मात्र उपयुक्त स्थान भएको बताउनु भएको थियो ।
प्रदेश सरकारले ट्रमा अस्पताल संचालन गर्न रितो भबनहरुमा सामान्य मर्मत रंगरोगन र अस्पतालका लागी चाहीने उपकरणका लागी दुई करोड रकम समेत बिनीयोजन गरेको थियो ।राजमार्गमा हुने ब्यापक दुर्घटनामा घाईतेले समयमै उपचार पाउने र धेरैको ज्यान जोगीने भन्दै यस अघि ट्रमा अस्पतालका लागी उक्त भबन संघिय सरकारको समेत प्राथमीकतामा परेको थियो ।
पुर्ब पश्चिम राजमार्ग मध्ये बढी सबारी दुर्घटना भै ज्यान जाने हुदा मृत्यु मार्गले परिचित बाराको अमलेखगंजदेखी पथलैया हुदै निजगढ सम्मको उन्तीस किलोमीटर सडकमा दैनीक सवारी दुर्घटना हुने ज्यान जाने गरेको प्रदेश ट्राफीक प्रहरी कार्यालयले जनाएको छ । तालिम केन्द्रले चिनीने तिन वटा प्रयोग विहिन भवनमा ७२ वटा कोठा, छात्रवास, तिन तालीम हल, खुला स्थान फुलबारी र कम्पाण्ड वालले घेरीएको ब्यवस्थीत भवन वर्षौ देखि प्रयोग विहिन हुँदै आएको छ ।
राजनैतिक कर्मी राजन पौडेलले चर्चामा आउन प्रदेश सरकारले जनतालाई आशा देखाउने तर कार्यावन्यन नगर्ने परिपाटी प्रदेश भरी व्यापक भएको बताउनुभयो । सभार इमेज खबर