०२ असार उदयपुर । गोर्खा सेमिट्रिज ट्रष्ट नेपालले कोभिड अस्पताल उदयपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि चार थान पोर्टएवल भेन्टिलेटर हस्तान्तरण गरिएको हो ।
कोभिड संक्रमण बिरामीको उपचार गर्न प्रयोगमा आउने पोर्टएवल भेन्टिलेटर कोभिड अस्पताल उदयपुरलाई गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले उक्त सामाग्री प्रदान गर्नु भएको हो ।
गोर्खा सेमिट्रिज ट्रष्ट हङकङ र सामाजिक अभियान्ता युवा द्वय युकेस राई र संजय राई को पहलमा हङकङ र विभिन्न देशमा बसोबास गर्नु हुने नेपालीहरुको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
उक्त वितरण कार्यक्रममा जि.स.सभापति के.वि.दर्नाल,उपप्रमुख गङा राई, त्रियुगा र चौदण्डीगढी नगरपालिकाको मेयर बलदेव चौधरी र खगेन्द्र् राई को उपस्थितिमा अस्पतालका डाक्टर राकेश कर्ण लाई सामाग्री हस्तान्तरण गरिएको हो । कोरोनोका यो महामारीमा जिल्लालाई सहयोग गरेकोमा गोर्खा सेमिट्रिज ट्रष्ट नेपाललाई सबैबाट धन्यवाद ब्यक्त गरियो ।