वीरगंजमा बढी भाडा असुली गर्ने एम्बुलेन्स चालक र एम्बुलेन्स नियन्त्रणमा

जेष्ठ १ वीरगंज ____पर्सा प्रहरीले बिरगंजमा बढी भाडा असुली गरि कालाबजारी गर्ने दुई जना एम्बुलेन्स चालक र एम्बुलेन्स पनि नियन्त्रणमा लिएको छ । पर्सा जिल्लामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड-१९ सङ्क्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले सङ्क्रमित व्यक्ति तथा उक्त सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको भन्ने सूचनाको आधारमा सो एम्बुलेंस नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोको सम्बोधन गर्ने क्रममा भएको सूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा शुक्रबार दिउसो ६ बजेतिर २ जना एम्बुलेन्स चालकहरूले सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको फेला परेकोले निजहरूलाई यस कार्यालयबाट खटिएको टोलीले निजहरूले सञ्चालन गरेको ना.२.च.३२५६ र ना.३ च. ८१९९ नं. का २ वटा एम्बुलेन्ससहित जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट नियन्त्रणमा लिई कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई न. पा. वडा न.९ विश्रामपुर बस्ने बर्ष ३५ का कमरुदिन रायभर र पर्सा जिल्ला बिन्दवासिनी गा. पा. वडा न.१ बस्ने बर्ष २२ को बिरबल मुखिया रहेको छन । साथै पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा जिल्ला प्रहरी कार्यालय पर्सामा तत्काल सूचना दिई कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गरिदिनहुन समेत पर्सा प्रहरीले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्