बोर्डको विज्ञप्तिपछि सेयर बजारमा प्रत्यक्ष प्रभाव

०२ असार काठमाण्डौं । धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिले बजारमा प्रत्यक्ष प्रभाव परे सँगै बुधवार सेयर बजार सूचक नेप्से केही प्रभाावित भएको छ । सूचक घटे पनि खरिदबिक्री रकम औसतमा राम्रो रहेको छ ।

यो समचार तयार गर्दा सम्म तत्कालको प्रतिक्रियारुवरुपः नेप्से सूचक दोहोरो अंकले घटेको छ । जोखिमयुक्त कम्पनीे जुन बोर्डले नाम तोकेको थियो सो भन्दा कतिपय नयाँ र साना लगानीकर्ता हतोत्साही भएको अनुमान गरिएको छ ।

साना लगानीकर्ताहरुले प्यानिक सेल बढाउँदा सूचक दबाबमा परेको कतिपयको भनाई रहेको छ । केही समययता माइक्रोफाइनान्सका सेयरहरु बढ्न सकेको थिएन तर यस दिन माइक्रोफाइनान्स समूहमा भने उत्साह देखिएको छ ।

भाउ निकै सस्तो भएपछि यसतर्फ लगानीकर्ता आकर्षित भएको अनुमान छ । करिव २ बजेसम्ममा साढे ८ अर्ब रुपैयाँको सेयर कारोबार भइसकेको छ । नेप्से सूचक भने २३ अंकले घटेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्